मलेसियासँगको शृङ्खला नेपालद्वारा ‘क्लिन स्विप’ | Khabarhub Khabarhub

मलेसियासँगको शृङ्खला नेपालद्वारा ‘क्लिन स्विप’


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मेलेसियासँगको अन्तर्राष्ट्रिय टि–२० शृङ्खला नेपालले ‘क्लिन स्विप’ गरेको छ । मलेसियाको किनरारा ओभलमा भएको शृङ्खला नेपालले २–० ले जीत्दै क्लिन स्विप गरेको हो ।

शृङ्खलाको पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थिया्े भने दोस्रो खेलमा आइतबार ६ रनको जीत हात पारेको हो ।

आइतबार भएको दोस्रो खेलमा नेपालले टस जितेर पहिलो ब्इाटिङ गरेको थियो । जसमा नेपालले मलेसियालाई १सय७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको मलेसियाले १सय६७ रन मात्रै बनाउन सकेपछि नेपाल ६ रनले विजयी भएको हो ।

मलेसियाका लागि १सय६७ रन बनाउने क्रममा सयद अजिजले अर्धशतक बनाए । जसमा उनले ५० रन भने अमिरुदिन रेम्लेले २४ रन, भिरन्दीप सिंहले २३ र मोहम्मद सहादतले २१ रन बनाए । मलेसियाविरुद्ध नेपालका बलरहरुले कसिलो बलिङ गरे ।

जसमा सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिर्ए भने करण केसी, अभिनास बोहरा र पारस खड्काले समान एक–एक रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि १सय७३ रन बनाउने क्रममा विनोद भण्डारीले अर्धशतक बनाएका थिए । जसमा उनले ५ छक्का र ३ चौकाको मतद्दमा ५१ रन बनाए । यस्तै, शरद भेषावकरले ४० रन बनाउँदा कप्तान खड्काले २३ रन बनाएका थिए ।

जुलाई २०–२८ सम्म सिंगापुरमा हुने टि–२० विश्वकप एसिया छनोटको अभ्यासका लागि मलेसियामा रहेको नेपाली टोलीले केही दिन अझै मलेसियामा अभ्यास गर्नेछ ।

अभ्यास खेलका लागि मलेसिया पुगेको् नेपाली टोलीले मलेसियासँग खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिताले पनि नेपाललाई छनोट खेल्दा केही सहज हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : १९ बजे

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै

एनपी साउदको चेतावनी : कांग्रेस ०८४ का लागि तयार छैन, गुटबन्दीले संगठन बिग्रिए, पार्टी संकटमा छ

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको