मलेसियासँगको शृङ्खला नेपालद्वारा ‘क्लिन स्विप’ « Khabarhub

मलेसियासँगको शृङ्खला नेपालद्वारा ‘क्लिन स्विप’


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मेलेसियासँगको अन्तर्राष्ट्रिय टि–२० शृङ्खला नेपालले ‘क्लिन स्विप’ गरेको छ । मलेसियाको किनरारा ओभलमा भएको शृङ्खला नेपालले २–० ले जीत्दै क्लिन स्विप गरेको हो ।

शृङ्खलाको पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थिया्े भने दोस्रो खेलमा आइतबार ६ रनको जीत हात पारेको हो ।

आइतबार भएको दोस्रो खेलमा नेपालले टस जितेर पहिलो ब्इाटिङ गरेको थियो । जसमा नेपालले मलेसियालाई १सय७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको मलेसियाले १सय६७ रन मात्रै बनाउन सकेपछि नेपाल ६ रनले विजयी भएको हो ।

मलेसियाका लागि १सय६७ रन बनाउने क्रममा सयद अजिजले अर्धशतक बनाए । जसमा उनले ५० रन भने अमिरुदिन रेम्लेले २४ रन, भिरन्दीप सिंहले २३ र मोहम्मद सहादतले २१ रन बनाए । मलेसियाविरुद्ध नेपालका बलरहरुले कसिलो बलिङ गरे ।

जसमा सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिर्ए भने करण केसी, अभिनास बोहरा र पारस खड्काले समान एक–एक रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि १सय७३ रन बनाउने क्रममा विनोद भण्डारीले अर्धशतक बनाएका थिए । जसमा उनले ५ छक्का र ३ चौकाको मतद्दमा ५१ रन बनाए । यस्तै, शरद भेषावकरले ४० रन बनाउँदा कप्तान खड्काले २३ रन बनाएका थिए ।

जुलाई २०–२८ सम्म सिंगापुरमा हुने टि–२० विश्वकप एसिया छनोटको अभ्यासका लागि मलेसियामा रहेको नेपाली टोलीले केही दिन अझै मलेसियामा अभ्यास गर्नेछ ।

अभ्यास खेलका लागि मलेसिया पुगेको् नेपाली टोलीले मलेसियासँग खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिताले पनि नेपाललाई छनोट खेल्दा केही सहज हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : १९ बजे

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद