घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु « Khabarhub

घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए ।

“दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ । तर सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा मृत्यु भयो”, उनले भने । घटनास्थल पुगेका स्वास्थ्यकर्मीलाई उदृत गर्दै लामाले ती महिलाको पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शालनाल जबरर्जस्ती निकाल्न खोज्दा उनको मृत्यु भएको जानकारी दिए । उनले भने “शुक्रबारदेखि सुत्केरी व्यथा लागेकी चेपाङको घरमै शिशुको जन्म भएको तर शालनाल निकाल्ने क्रममा जबरर्जस्ती गरेका कारण पाठेघर बाहिर निस्किएर मृत्यु भएको त्यहाँ पुगेका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।”

यसअघि दुई सन्तानलाई जन्म दिएकी चेपाङको यो तेस्रो बच्चा हो । शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको उनले बताए । विकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट निकै पछाडि छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १ : ५५ बजे

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू