काेशी नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दाेलनलाई जसपाकाे समर्थन « Khabarhub

काेशी नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दाेलनलाई जसपाकाे समर्थन


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै जारी आन्दोलन चर्किँदै गएसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने जनाएको छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलरमा तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिने उल्लेख छ ।

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग माग गरिएको पनि सो परिपत्रमा उल्लेख गरिएको छ ।

प्रदेशको नाम कोशी राखिएपछि पछिल्ला केही दिनयता विराटनगरलगायत क्षेत्रमा नियमित प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : ३९ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको