अर्थतन्त्र सुधार ल्याउन परिसङ्घको आग्रह « Khabarhub

अर्थतन्त्र सुधार ल्याउन परिसङ्घको आग्रह


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग परिसङ्घले नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतलाई अर्थतन्त्र सुधार ल्याउन आग्रह गरेको छ । परिसङ्घको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको हो ।

परिसङ्घले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने एवं लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए। “यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम भए अर्थतन्त्रमा छिटो सुधार आउँछ”, उनले भने ।

परिसङ्घले ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन क्यास रिजर्भ रेसियो (सीआरआर) तीन प्रतिशतमा झारिनुपर्ने, बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको सत् प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसङ्घले दिएको छ । निर्माण क्षेत्रमा दिनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसङ्घले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ ।

सो भेटमा अर्थमन्त्री डा महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सकारात्मक वातावरण सिर्जना गर्न लागिपर्ने बताउनुभयो । “अर्थतन्त्र सुधारका लागि सकारात्मक वातावरण निर्माण गर्न पूर्णरूपमा लाग्नेछौँ, जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौँ, त्यसमा तपाईँको पनि सहयोग आवश्यक पर्छ”, उनले भने ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ३९ बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य