एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ वितरण « Khabarhub

एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ वितरण


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाभित्र रहेका एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ (फायर इक्सटिङगुडसर) वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी महानगरभित्र रहेका एक सय १० सामुदायिक र चार धार्मिक प्रकृतिका (गुरुकुलम) लाई सो यन्त्र हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रध्यानाध्यापकलाई यन्त्र हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले महानगरपालिकाले सुरक्षित विद्यालय अवधारणाअन्तर्गत यन्त्र वितरण गरिएको बताईन । विद्यालयमा गर्मी समयमा हुन सक्ने आगलागी नियन्त्रणका लागि यन्त्र उपयोगी बन्ने उनको भनाइ छ ।

उनले भनिन्, “सामुदायिक विद्यालयमा थप नयाँ आयाम दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।” यस यन्त्रको प्रयोग भएपछि महानगरले ग्यास भरेर (रिफिल) पुनः विद्यालयलाई दिने उनको भनाइ छ । महानगरपालिकाले अहिले सबै विद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले हरेक वर्ष नयाँ कार्यक्रम सुरुआत गर्ने बताईन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरको यो कार्यक्रम महत्वपूर्ण रहेको बताए। यसले विद्यालयमा हुनसक्ने ठूलो दुर्घटनामा उद्धार गर्न मद्दत पुग्ने उनको विश्वास थियो । शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलले सामुदायिक विद्यालयको सुधारका क्रममा यस्ता कार्यक्रम आयोजना गरिएको बताए । महानगरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वर्षेनि नयाँ कार्यक्रम ल्याउने गरेको उनहाँको भनाइ थियो ।

महानगरपालिकाले विद्यालयलाई प्रदान गरेको अग्नि शमनयन्त्रले एक हजार डिग्री तापक्रमसम्म काम गर्न सक्ने क्षमता छ । यसमा भएको ग्यासलाई २१ सेकेण्डसम्म प्रयोग गर्न सकिने पौडेलले जानकारी दिए । एक सय १४ विद्यालयललाई वितरण गरिएको ती सामग्री रु आठ लाख १८ हजार बराबरका हुन् । एउटा विद्यालयलाई एउटा यन्त्र वितरण गरिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ३३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक