आज पाँच वटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने « Khabarhub

आज पाँच वटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

उता राति भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : २२ बजे

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी– नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल

हात्तीको स्वभावमा बहस : ‘रिस र प्रतिशोध राख्न सक्छ’

चितवन– बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली ध्रुवे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी