हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान « Khabarhub

हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा चार वर्षअघि करियर सुरु गरेका अभिनेता इशान खट्टरले कम समयमा नै आफ्नो पहिचान बनाइसकेका छन् ।

अभिनेता शाहिद कपूरका भाइ इशानको ग्ल्यामर उद्योगमा पुरानो साइनो छ । तर ठूलो पर्दामा अभिनय गरेपछि उनी फरक किसिमका दर्शक बनाउन सफल भए । यिनै अभिनेता अब हलिउड अभिनेत्री निकोल किडमेनसँग सहकार्य गर्दै छन् ।

इशानका अनुसार एक हलिउड वेब सिरिजका लागि निर्माण पक्षले स्टारकास्ट फाइनल गरिसकेका छन् । जसमा अभिनेत्री निकोल किडमेनको प्रमुख भूमिका रहनेछ । सिरिजमा इशान सह–चरित्रमा देखिनेछन् ।

‘द परफेक्ट’ नाम रहेको सिरिज इलन हिल्डरब्रेंडको उपन्यासमा आधारित छ । यसअघि ‘धड्क’ अभिनेताले ‘डोन्ट लुक अप’मा केमियो गरेका थिए ।

सिरिजमा इशानले एक दुलाहाको मिल्ने साथीको भूमिकामा अभिनय गर्दै छन् । जबकि दुलाहाको भूमिका अभिनेता बिली होवेलले निर्वाह गर्दै छन् ।

सिरिज नेटफ्लिक्सबाट प्रसारण हुनेछ । जसमा डकोटा फनिङ, मेघन फही र इसाबेल अदजानीको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १२ : ५५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक