फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु « Khabarhub

फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सका सुरक्षा बल र विद्रोही लडाकुहरूबीच भीडन्त हुँदा एकजना सैनिक सहित चार जनाको मृत्यु भएको छ । त्यसैगरी भीडन्तमा दुई सैनिक घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

सेनाका लेफ्टिनेन्ट कर्नेल हेक्टर इस्टोलासले जनाएअनुसार सेना र प्रहरीले मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तमा शुक्रबार न्यु पिपुल्स आर्मी (एनपीए) र विद्रोही बीच दुई पटक झडप भएको र जसमा एक सैनिकको मृत्यु भएको र दुई जना घाइते भएका छन्।

पुलिस ब्रिगेडियर जनरल एलन नोबलेजाले दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तमा आइतबार छापा मार्ने क्रममा आपराधिक समूह दावलाह इस्लामियाका सदस्यहरूसँग पनि झडप भएको र तीन आतङ्ककारीको मृत्यु भएको बताएका छन् ।

यहाँ विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप जारी राखेका छन् । सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन्।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ०८ बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई