दिक्तेलबजारमा जेब्रा क्रसिङ साईन राख्न सुरु | Khabarhub Khabarhub

दिक्तेलबजारमा जेब्रा क्रसिङ साईन राख्न सुरु


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा पहिलोपल्ट दिक्तेलबजारमा जेब्रा क्रसिङ साईन राख्न सुरु गरिएको छ । सडक दुर्घट्ना न्युनिकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिनियोजन गरेको नौ लाख ९३ हजार ८०७ रुपैयाँमध्ये एक लाखमा दिक्तेलबजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ साईन राख्न सुरु गरिएको हो ।

सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, डिएसपी मञ्जिल मुकारुङ र दिक्तेलका वडाध्यक्ष नवराज राईले सोमबार ब्रसले सडकमा रंग हालेर जेब्रा क्रसिङ साईन राख्ने काम उद्घाटन गरेका छन् । दिक्तेलको किरातचोकस्थित मध्यपहाडी लोकमार्गदेखि बेस क्याम्प (सरस्वती मावि) बीचको वारपार अधिक हुने सडकको बिभिन्न १० स्थानमा जेब्रा क्रसिङ साईन राखिने नगरपालिकाले जनाएको छ ।

यस्तै, दिक्तेलबजारका १६ स्थानमा स्पीड ब्रेकर राख्ने काम सुरु गरिएको छ । बजारमा बाईक तथा अन्य सवारी साधन तिव्र गतिमा गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले स्पीड ब्रेकर राख्न सुरु गरिएको हो । बिशेषगरी बजारमा बाईक तिव्र गतिमा कुदाउने गरिएको छ । तर, कतिपय स्थानीयले घर अगाडि स्पीड ब्रेकर राख्न अस्वीकार गरेकाले कम्तीमा १० स्थानमा मात्र स्पीड ब्रेकर राखिने कामको जिम्मा लिएका सजिव निर्माण सेवाका प्रतिनिधि श्याम पौडेलले बताए । सोही बजेटबाट दिक्तेलकै अल्छेढुंगा–अस्पताल चोक सडक खण्डको कुमारी हल नजिकै ६ मिटर कजवे ढलान गरिनेछ ।

सडक दुर्घट्नाको जोखिम न्युनीकरणका लागि केही समयपछि जेब्रा क्रसिङ साईनको उपयोगीता र प्रयोगका बारेमा फिल्डमै प्रशिक्षण सञ्चालन गरिने डिएसपी मुकारुङले बताए । प्रहरीले केही समयअघि यात्रु बाहक सवारी साधनका चालक र सह–चालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी तीन दिने प्रशिक्षण दिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ४० बजे

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल