दिक्तेलबजारमा जेब्रा क्रसिङ साईन राख्न सुरु « Khabarhub

दिक्तेलबजारमा जेब्रा क्रसिङ साईन राख्न सुरु


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा पहिलोपल्ट दिक्तेलबजारमा जेब्रा क्रसिङ साईन राख्न सुरु गरिएको छ । सडक दुर्घट्ना न्युनिकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिनियोजन गरेको नौ लाख ९३ हजार ८०७ रुपैयाँमध्ये एक लाखमा दिक्तेलबजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ साईन राख्न सुरु गरिएको हो ।

सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, डिएसपी मञ्जिल मुकारुङ र दिक्तेलका वडाध्यक्ष नवराज राईले सोमबार ब्रसले सडकमा रंग हालेर जेब्रा क्रसिङ साईन राख्ने काम उद्घाटन गरेका छन् । दिक्तेलको किरातचोकस्थित मध्यपहाडी लोकमार्गदेखि बेस क्याम्प (सरस्वती मावि) बीचको वारपार अधिक हुने सडकको बिभिन्न १० स्थानमा जेब्रा क्रसिङ साईन राखिने नगरपालिकाले जनाएको छ ।

यस्तै, दिक्तेलबजारका १६ स्थानमा स्पीड ब्रेकर राख्ने काम सुरु गरिएको छ । बजारमा बाईक तथा अन्य सवारी साधन तिव्र गतिमा गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले स्पीड ब्रेकर राख्न सुरु गरिएको हो । बिशेषगरी बजारमा बाईक तिव्र गतिमा कुदाउने गरिएको छ । तर, कतिपय स्थानीयले घर अगाडि स्पीड ब्रेकर राख्न अस्वीकार गरेकाले कम्तीमा १० स्थानमा मात्र स्पीड ब्रेकर राखिने कामको जिम्मा लिएका सजिव निर्माण सेवाका प्रतिनिधि श्याम पौडेलले बताए । सोही बजेटबाट दिक्तेलकै अल्छेढुंगा–अस्पताल चोक सडक खण्डको कुमारी हल नजिकै ६ मिटर कजवे ढलान गरिनेछ ।

सडक दुर्घट्नाको जोखिम न्युनीकरणका लागि केही समयपछि जेब्रा क्रसिङ साईनको उपयोगीता र प्रयोगका बारेमा फिल्डमै प्रशिक्षण सञ्चालन गरिने डिएसपी मुकारुङले बताए । प्रहरीले केही समयअघि यात्रु बाहक सवारी साधनका चालक र सह–चालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी तीन दिने प्रशिक्षण दिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ४० बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई