किसानमुखी हुनेगरी सहकारी ऐन परिमार्जन गर्न माग « Khabarhub

किसानमुखी हुनेगरी सहकारी ऐन परिमार्जन गर्न माग


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले किसानमुखी हुनेगरी सहकारी नीति र सहकारी ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको छ । महासङ्घले सहकारी क्षेत्रलाई देशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गर्दै नेपालको संविधान बमोजिम समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको हो ।

महासङ्घले आज विज्ञप्ती जारी गरी सहकारी क्षेत्रलाई प्राथमिकतामा राखी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा काम गर्नुपर्ने र सहकारीमार्फत् उत्पादनमूलक पूँजीलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिएको छ । “नेपालको कृषि क्षेत्र, साना, घरेलु तथा मझौला उद्योग, व्यवसाय र उद्यम सञ्चालनमा सहकारीलाई प्राथमिकता दिँदै सहकारीमार्फत सञ्चालन गरिने कृषि, उद्योगधन्दा र कलकारखाना तथा व्यवसायलाई सरकारले दिने अनुदान, ऋण तथा अन्य सेवा सुविधामा प्राथमकिता दिने नीति बनाई लागू गरियोस्”, विज्ञप्तीमा भनिएको छ ।

कृषि, भूमि, निजी वन, साना उद्योग र अन्य उत्पादनका क्षेत्रमा व्यापक सहकारीकरणको नीति लिनुपर्ने र सोहीअनुसारको सहकारीमैत्री नीति निर्माण गर्नुपर्ने माहासङ्घको भनाइ छ । महासङ्घले महाभूकम्प र कोरोना महामारी कालमा ऋण तीर्ननसकेका ऋणीको ब्याज र हर्जाना मिनाहा गरी ऋण तिर्नका लागि पर्याप्त समयसहित पुनर्तालिकीकरण गर्नुपर्ने समेत माग गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ५० बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई