मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न « Khabarhub

मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरअन्तर्गत बर्दिवास सैनिक शिविर, महोत्तरीमा भूतपूर्व सैनिक सम्मेलन, २०७९ सम्पन्न भएको छ ।

सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख–दुःखमा साथ रहनु नै नेपाली सेनाको मूलमन्त्र भएको बताए । उनले नेपाली सेना बलियो हुनु भनेको देश बलियो हुनु भएको बताए ।

सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरी गरी जम्मा आठ जिल्लामा बसोबास गर्ने करिब दुई हजार भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागिता रहेको थियो ।

सम्बोधनकै क्रममा प्रधानसेनापतिले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए । सम्मेलनमा रौतहट निवासी ९३ वर्षका सिपाही डिल्लीबहादुर खड्का (अ.प्रा) र स्व सिपाही महिन्द्रप्रसाद उपाध्याय (अ.प्रा) की श्रीमती सिराहा निवासी ९३ वर्षकी श्रीमती दानकुमारी कोइरालालाई सम्मान गरिएको थियो ।

यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायीहरू दुई जनालाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सोभन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका तीनजना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० जनालाई ह्विल चेयर, वैशाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरूलाई कर्जाको चेक वितरण गरिएको थियो ।

मधेश प्रदेशका हरेक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार एक छोरा र एक छोरी गरेर जम्मा १६ जनालाई सैनिक विद्यालय बर्दिवासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी उनले गराए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : ०४ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८