बुटवल-पाल्पा-सिद्धबाबा सडक आजदेखी अवरुद्ध हुने  « Khabarhub

बुटवल-पाल्पा-सिद्धबाबा सडक आजदेखी अवरुद्ध हुने 


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बुटवल पाल्पा सिद्धबाबा सडक मंगलबारदेखी अवरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेकाले दैनिक दुई पटक दिउसो र राती सडक अवरुद्ध हुने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए । 

सुरुङ मार्ग निर्मार्णको क्रममा सडक माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुङ्गाहरू खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । 

 सोमबार सरोकारवाला निकायहरूसँगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए। 

 सडक अवरुद्धका समयमा बेलवास- दोभान सडक खण्ड वैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरू र अत्यावश्यक सवारी साधनहरूलाई उक्त वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागी आवश्यक पूर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ ।

 रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रूपन्देहीका सुरक्षा निकाय , यातायात व्यावसायी , सञ्चारकर्मी , लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : ३४ बजे

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा