इमाडोल-लामाटार सडक विस्तार अन्तिम चरणमा « Khabarhub

इमाडोल-लामाटार सडक विस्तार अन्तिम चरणमा


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् ।

तीन ठेक्कामा निर्माण भएकामा सबैतिर सकिए पनि गत वर्षबाट सो खण्डमात्रै बाँकी रहेको थियो । पहिले सो पुलको नजिकै रहेको एउटा घर भत्काउन समय लागेकाले यो खण्ड बाँकी रहेको काठमार्डौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। सरकारी पर्ति जग्गामा रहेको घर क्षतिपूर्ति दिइए पनि हट्न सकेको थिएन । डिभिजन सडक कार्यालयल ललितपुरले गोदावरी खोलामा पुल निर्माण गर्दा सो खण्ड पनि सँगै गर्न खोजे पनि निर्माणस्थल नहुँदा गर्न सकेको थिएन । उनले भने, ‘घर हटाउँदासम्म पुलको ठेक्का सम्पन्न भइसकेको थियो ।’

 ठेक्कामा पहिले सम्झौताभन्दा फरक काम गर्न भिवो (भेरियसन अर्डर) आवश्यक पर्छ । आयोजनाले विभागमा भिवो पठाए पनि कहिले के नमिलेर त कहिले के नमिलेर फर्किरहेको उनले बताए। उनले भने,’त्यो स्वीकृत भएर आएपछि नै बाँकी काम हुन्छ र ठेक्का सम्पन्न हुनेछ ।’

त्यो एउटा खण्डमा सडक निर्माण बाँकी भए पनि लामाटारसम्म नै सडक कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । पहिले सो सडकमा बिजुलीको पोल लामो समयसम्म हटाउन सकिएको थिएन । अहिले प्रयास गरेपछि अहिले सरेको उनले बताए।

मुख्य सडक कालोपत्र भइसके पनि विभिन्न स्थानमा  दायाँबायाँका संरचना निर्माण गर्न बाँकी रहेको सूचना अधिकारी जोशीले बताए। सो सडक २० मिटर चौडाइमा विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । 

सडकमा पैदलयात्रुमार्ग र ढलसमेत निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । तोकिएको मापदण्डअनुसार चौडाइमा सडक विस्तार गर्ने निर्माणस्थल खाली गर्न नसकिएकाले लामो समयसम्म पनि निर्माण अघि बढ्न सकेको थिएन । पछि आयोजनाले सरकारको निर्णयानुसार उपलब्ध चौडाइमा नै निर्माण अघि बढाएको थियो ।

सडकको लम्बाइ झन्डै सात किमी छ । तीन खण्डमा विभाजित सो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी, लामा समानान्तर जेभीलाई दिइएको थियो । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ४९ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा