माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी | Khabarhub Khabarhub

माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखेका छन् ।

काठमाडौं आएका पीडित रविन्द्र कुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनैपनि सम्झौता कार्यान्वयन नभएको बताए ।

मिटरब्याज पीडित पुनम महतोले पीडितहरुलाई नै थुनामा पठाउन जारी भएको पक्राउ पुर्जी खारेज गर्न सरकारसँग माग गरिन् । थुनामा रहेका पीडितको रिहाइका लागि पहल गर्नपनि उनको आग्रह छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ५ : १८ बजे

सुमनाले छाडिन् रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी

युवाले मागेको भ्रष्टाचार अन्त्य र आर्थिक समानताको पक्षमा अठोट गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद

देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देश शून्यमा