बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, ४४ जना अझै बेपत्ता « Khabarhub

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, ४४ जना अझै बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण अहिलेसम्म  देशभर ५२ जनाको मृत्यु भइसकेको छ ।

बाढी र पहिरोमा परेर ४४ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा ३, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २१ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , महोत्तरीमा १, सिरहामा १ र धनुषामा २ गरी ८ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्पामा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ र जाजरकोटमा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३ मा २१, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ८, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा ४ गरी अहिलेसम्म देशभर ५२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा १९ गरी ४४ जना पुगेका प्रहरीले जनाएको छ ।

अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् ।

घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : ११ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र