इन्स्टाग्रामबाटै लाखौं डलर कमाउँछन् सेलेब्रेटी, सबैभन्दा बढी कमाउँने को ? « Khabarhub

इन्स्टाग्रामबाटै लाखौं डलर कमाउँछन् सेलेब्रेटी, सबैभन्दा बढी कमाउँने को ?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जालको प्रयोग फोटो पोस्ट गर्न तथा खबर आदारप्रदानको लागि सबैले गर्दै आएका छन् । तर यीनै समाजिक सञ्जालबाट सेलेब्रेटी तथा प्रसिद्ध व्यक्तिहरुले राम्रो कमाइ गर्छन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

पछिल्लो समय समाजिक सञ्जाल इन्स्टाग्राम सेलेब्रेटीहरुका लागि राम्रो आम्दानी गर्ने स्रोत बनेको छ । भिडियो च्यानलका रुपमा समेत विकासित बनेको इन्स्टाग्रामबाट विश्व चर्चित गायक, गायिकादेखि विभिन्न खेलका खेलाडीहरुले फोटो पोस्ट गरेकै भरमा टन्नै पैसा कमाउँछन्।

हुपरएजक्युले इन्स्टाग्रामबाट धेरै पैसा कमाउने इन्स्टाग्रामस् रिच लिस्ट सार्वजिनक गरेको छ। जसमा सर्वाधिक कमाउनेमा गायिका सेलेना गोमेज शीर्ष स्थानमा छिन् भने रियल मड्रिडका पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो तेस्रोमा छन्।

रोनाल्डो शीर्ष दशमा अटाएका एक मात्र फुटबल खेलाडी हुन् भने बास्केटबलका लेब्रोन जेम्स सर्वाधिक कमाउनेको दशौँ स्थानमा छन्।

इन्स्टाग्राममा १२२ मिलियन फलोअर्स रहेका सेलेना गोमेज एउटै पोस्टको ५ लाख ५० हजार अमेरिकी डलर (करिब ६ करोड नेपाली रुपैयाँ) कमाउँन सक्छन्। दोस्रो स्थानमा किम कार्दासियन छन्। उनको फलोअर १ सय मिलियन छ र उनको कमाई ५ लाख डलर छ।

यस्तै तेस्रो स्थानमा रहेको रोनाल्डोको फलोअर १ सय ४ मिलियन छ भने उनी एउटा पोस्टबाट ४ लाख डलर कमाई गर्छन्।

यस्तै चौथो स्थानमा केल जेनर, पाँचौ स्थानमा केण्डल जेन र छैटौँ स्थानमा खलोइ कार्दासियन, सातौँ स्थानमा कोर्टने कार्दासियन, आठौ स्थानमा सारा डेलेभिग्ने, नवौं स्थानमा गिगि हाडिड तथा दशौँमा जेम्स रहेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : १९ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा