वर्तमान सरकार पाँचै वर्ष चल्छ : माधव नेपाल | Khabarhub Khabarhub

वर्तमान सरकार पाँचै वर्ष चल्छ : माधव नेपाल


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताएका छन् ।

पार्टी केन्द्रीय प्रचार विभागद्वारा आज यहाँ आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गरे ।  

राष्ट्र, राष्ट्रियता, संविधान र शासन प्रणालीको रक्षाका लागि अहिले लोकतान्त्रिक–वाम शक्तिबीच सहकार्य भएको स्पष्ट गर्दै उनले केन्द्रमा जस्तै क्रमशः सबै प्रदेशमा लोकतान्त्रिक–वाम गठबन्धन सरकार गठन हुने बताए ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, समृद्धि र सुशासनका पक्षमा मुलुकका वामपन्थी शक्तिबीच सहकार्य, मोर्चा र एकतासम्म हुनसक्ने तर आफूले नेतृत्व गरेको एकीकृत समाजवादी अन्य पार्टी विशेषसँग विलय नहुने अध्यक्ष नेपालले स्पष्ट गरे । 

पार्टी महासचिव घनश्याम भुसालले देशव्यापीरूपमा पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको जानकारी दिँदै स्पष्ट नीति तथा कार्यक्रमका साथ आमजनताको मन जितेर एक सशक्त एवं सुदृढ वामपन्थी पार्टीका रूपमा एकीकृत समाजवादी पार्टी स्थापित हुने धारणा व्यक्त गरे । 

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचारको अन्त्यसहित देश विकास र सुशासनका पक्षमा पार्टी सदैव उभिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : १० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा