नयाँ वर्षमा माल्टामा नेपाल डे मनाइने « Khabarhub

नयाँ वर्षमा माल्टामा नेपाल डे मनाइने


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

माल्टा – नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ वर्षमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माल्टामा नेपाल डे मनाउने भएको छ।

माल्टामा अवस्थित विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरूको बैठकले सो कार्यक्रम मनाउने निर्णय गरेका हुन् ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाउन र नेपालमा पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।  नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक अनि विविध भाषा, भेष भूषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हुनुपर्ने उनले दाबी गरे। भण्डारीले नेपाललाई विश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न पर्यटन व्यवसायलाई फस्टाउन आवश्यकता औँल्याए।

रोजगारीको सिलसिलामा कर्मभूमि माल्टामा रहँदै गर्दा पनि आफ्नो मातृभूमिलाई चिनाउनको लागि नेपाली नयाँ वर्ष २०८० सालको अवसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरेको छ ।

उक्त कार्यक्रमलाई नेपाली राजदूतावास लन्डन, स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एवं कोस्टाक्लिन फाउन्डेसन माल्टाले सहयोग गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ९ : २६ बजे

कुमारी बैंकद्धारा इलाममा वृक्षारोपण कार्यक्रम

काठमाडौं– विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच