अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी | Khabarhub Khabarhub

अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन्। लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दैछिन्। यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ।

उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ। अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो। अदालतले पटक पटक तारीख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन्। अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ।

अब मुद्धाको आगामी सुनुवाई अप्रिल १५ मा हुनेछ। यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैंयाँ धोखाधडीको आरोप छ। राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमीषा र उनका बिजनेस पाटर्नरविरुद्ध धोखाधडीको मुद्धा दर्ता गराएका थिए।

अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन्। त्यसपछि अजयले अढाई करोड रुपैंयाँ अमीषाको खातामा पठाइदिएका थिए।

फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो। तर सुटिङ भएन। त्यहीबेला अजयले अमीषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए।

अमीषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन्। तर चेक बाउन्स भएपछि उनले अमीषाविरुद्ध उजुरी दिएका हुन्।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ५० बजे

एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा

एकीकृत समाजवादीबाट जेन–जी आन्दोलनमाथि दमनको निन्दा

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले जेन–जी पुस्ताको आन्दोलनमा भएको दमनको

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

ललितपुर – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। जेनजी

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

जेनजी पुस्ताको निशानामा नेताको घर : प्रचण्ड निवास नजिकै सुरक्षा बिटमा आगजनी

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर