भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ « Khabarhub

भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् ।

समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनीमाथि आत्महत्या दुरुत्साहनको विषयमा सोधपुछ गर्नेछ ।

समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर सिंहको खोजी गरिरहेको थियो । अब समर सिंहलाई अदालतमा पेस गरी ट्रान्जिट रिमाण्डमा वाराणसी ल्याउने तयारी भइरहेको छ । यस घटनाका दोस्रो अभियुक्त सञ्जय सिंह अझै पक्राउ परेका छैनन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आकांक्षा गत आइतबार उत्तर प्रदेशको सारनाथस्थित एक होटेलको कोठामा मृत फेला परेकी थिइन् । मोडलबाट अभिनयको दुनियाँमा आएकी भोजपुरी नायिकाले आत्महत्या गरेको विषयमा प्रहरीले थप आशंका गरेको छ तर अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन ।

आकांक्षाले ‘कसम पैदा करने वाले की २, मुझसे शादी करोगी (भोजपुरी( र वीरों के वीर जस्ता धेरै क्षेत्रीय फिल्महरूमा काम गरेकी थिइन । उनले भोजपुरी म्युजिक भिडियो र फिल्ममा पनि काम गरेकी थिइन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ३९ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि