गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम « Khabarhub

गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङ जिल्लामा सञ्चालन गरेको घुम्ती चलचित्र तथा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ । चैतको १२ देखि २० गतेसम्म सञ्चालन गरिएको कार्यक्रम चलचित्र भवन नभएका क्षेत्रलाई लक्षित गरिएको थियो ।

स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायीको उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रदर्शन गरी जागरण ल्याउन बोर्डमाफत शिक्षा र सन्देशमूलक, सामाजिक विषयवस्तु समेटिएको चलचित्र प्रदर्शन गरिएको बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिए । सातै प्रदेशमा चलचित्र घर नभएका स्थानीय निकाय र टोल बस्तीमा राष्ट्रियताका विषय तथा अन्य विशेष प्रकारका चलचित्र विद्यालय, कलेज तथा समुदायमा प्रदर्शन गरीएको हो ।

“चलचित्र हेर्ने संस्कृतिको विकास गर्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । पहिलो चरणमा पूर्वका विभिन्न स्थानमा सम्पन्न कार्यक्रमबाट पाएको प्रतिक्रियाले उत्साहित भएका थियौँ”, अधिकृत रैखोलाले भने । चलचित्रले मनोरञ्जन मात्र प्रदान नगरी समाज रूपान्तरण, सामाजिक चेतना, शिक्षा र सन्देश प्रवाह गर्ने सशक्त माध्यम रहेको उनको भनाइ थियो । घुम्ती चलचित्रमा ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्निदहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै