मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु « Khabarhub

मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु भएको छ । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा न.५ निवासी रिन्जि सागर राईले मलेसियामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँको शान्तिनगरस्थित मार्भलस इम्प्लोईमेन्ट म्यानपावरका सञ्चालक रहेका केही दिनअघि मात्र मलेसिया पुगेका उनी निलाई भन्ने स्थानमा डोरीले पासो लगाएको अवस्थामा भेटिएका हुन् ।

यद्यपि उनको खुट्टा भुईँमै टेकिएर अडिएको र डोरी समेत कमजोर क्लिपमा अड्काइएको देखिन्छ । परिवारले आत्महत्या नभई हत्या हुन सक्ने शंका गरेका छन् । मृतक राईले मृत्यु हुनु अघि श्रीमती इन्द्रसुबा राईसँग फोनमा कुराकानी गरेका बताइएको छ ।

उनी पछिल्लो केही वर्षदेखि मनोरोग (डिप्रेसन) को सिकार भएको बताइएको छ । मलेसियन प्रहरीको समन्वयमा मृतकको शव अनुसन्धान र पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ३४ बजे

अमेरिकासँग तनावले मानसिक दबाबमा इरानी खेलाडी, भन्छन् : देशको झन्डा ओढेर खुसी दिन सक्छौँ

तेहरान- अमेरिकासँगको तनावका कारण इरानका खेलाडीहरू मानसिक दबाब झेलिरहेका छन्।

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा 

काठमाडौं– संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

मुस्ताङ– यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)

सांसद राना भन्छन् : ‘स्वर्णिम’ बजेटले किसान र विपन्नलाई हेरेन, गरिबको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याएन

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकारको बजेट ठूला लगानीकर्तामुखी

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ