भानुजयन्तीमा असारे लोकसाहित्य « Khabarhub

भानुजयन्तीमा असारे लोकसाहित्य


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनव साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसर पारेर असारे लोकसाहित्य विशेष कार्यक्रम आयोजना गरेको छ ।

समाजको २०९औँ मासिक साहित्यिक शृङ्खलाअन्तर्गत भएको कार्यक्रममा आदिकवि भानुभक्तसम्बन्धी छन्द र गद्यमा रचना वाचन गरिएको थियो । वाचन गरिएका कविता सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म प्रचलित असारे लोक साहित्यमा आधारित थियो ।

कार्यक्रममा सँगिनी बचत तथा ऋण सहकारीका महिला र अभिनवका शारदा पराजुली, मेनका आचार्य, डिल्लीप्रसाद मुलतिहुन, परशुराम पराजुली र घनश्याम प्रसाईंसमेतको सहभागितामा पूर्वमा लोकप्रिय सँगिनी गायन तथा नृत्य प्रस्तुत गरियो ।

रेडियो नेपालमा गायन गरिरहेका टङ्क केसी, माधवप्रसाद दाहालले समेत असारे लोक गायन प्रस्तुत गरेका थिए। हुम्लाकी लक्ष्मी ऐडीले कर्णाली अञ्चलमा प्रचलित असारे गीत, रामबहादुर थापा, सुशील आचार्य र सिन्धुपाल्चोककी मनकुमारी अर्यालले उपत्यका तथा वाग्मती अञ्चलमा प्रचलित असारे गीत प्रस्तुत गरेका थिए ।

सो अवसरमा साहित्यकार डा जीवेन्द्रदेव गिरीले भानुभक्त र उनको रामायणले समाजमा पारेको प्रभावका बारेमा चर्चा गर्दै लोक साहित्यको समन्वय गराउने काम अभिनवले गरेको बताए । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले कार्यक्रमको समीक्षा गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ५४ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६