'राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ' | Khabarhub Khabarhub

‘राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ’


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन्।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए। अरुको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ।

उपप्रधानमन्त्री श्रेष्ठले, “अरुका निम्ति ठूलाठूला कुरा गरिदिने, आफूलाई नहेर्ने, प्रष्ट देखेको कुरा पनि नभन्ने प्रवृत्ति छ।” नेपालको राजनीतिमा देखापरेका समस्या सच्चिनुपर्ने उनले बताए।

उनले भने, “भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन।” प्रहरीको व्यवहार जनमुखी र सेवामुखी हुनुपर्ने भन्दै उनले महिला हिंसा नियन्त्रणका लागि सरकारले काम गर्ने बताए। “नागरिकता पाउनुपर्ने संवैधानिक हक छ, तर कानुन नभएकाले पीडा भोगिरहेका छन्”, उपप्रधानमन्त्री श्रेष्ठले भने।

गैरनागरिकले नागरिकता नपाउने भन्दै उनले नागरिकता विषयमा भएका अनियमितका विषयमा कडाइका साथ प्रस्तुत हुने बताए। नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले सबै दलहरुसँग छलफल गरेर समस्याको समाधान खोजिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “नागरिकता प्राप्त गर्ने हकबाट कोही पनि वञ्चित हुनुपर्ने छैन।”

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ११ : ०३ बजे

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।