बालेनलाई गृहमन्त्रीको जवाफ- ‘कामको औचित्य पुष्टि हुने गरी आउनू’ « Khabarhub

बालेनलाई गृहमन्त्रीको जवाफ- ‘कामको औचित्य पुष्टि हुने गरी आउनू’


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्न लागेको कामको औचित्य पुष्टि हुने गरी आए स्थानीय तथा प्रादेशिक सरकारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन् ।

काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताएपछि जवाफ स्वरुप उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूले गर्न लागेको कामको औचित्य पुष्टि हुने गरी आए प्रादेशिक र स्थानीय सरकारलाई सहयोग गर्न सकिने बताएका हुन् ।

तर, स्थानीय वा प्रदेश सरकारले बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर नहुने उनको भनाइ छ । सोमबार बिहान चितवन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले औचित्य पुष्टि हुने गरी तथ्यगत रूपमा आए स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्न सकिने बताएका हुन् ।

संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न संघीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १२ : ०१ बजे

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको

ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ