५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न « Khabarhub

५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ– आउँदो असारभित्र ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ । आयोजना निर्माणका अधिकांश काम सम्पन्न भएको र आउँदो असारभित्र नै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।

लमजुङमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजना निर्देशक अर्जुन गौतमले जानकारी दिए । पिपुल्स हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरिरहेको सो आयोजनाको बाँध, विद्युतगृह, सुरुङमार्ग निर्माण, उपकरण जडानलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

विसं २०७२ साल असोजदेखि आयोजना निर्माण सुरु गरिएको थियो । २०७८ महिनामा दोर्दीखोलामा आएको बाढीका कारण जलविद्युत् आयोजनाको बाँध बगाएको थियो भने अन्य संरचनामा समेत क्षति पुगेको थियो ।

बाढीका कारण पुगेको क्षतिका कारण आयोजना थप डेढ वर्ष पछि धकेलिन पुगेको आयोजना निर्देशक गौतम बताउँछन् । यसअघि २०७९ असार मसान्तसम्म आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । 

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको अधिकांश पूर्वाधार संरचना भूमिगत रुपमा बनेका छन् । आयोजनाको विद्युत् गृहसमेत भूमिगत रहनेछ । कुल ८ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो । 

तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढ्न सक्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न ७ वटा बैंकको ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी छ । ७० प्रतिशत ऋण र बाँकी प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ । 

आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पिपिए) सम्झौता भएको छ । विसं २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित हुने बिजुली दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसन ल्याएर जोडिनेछ । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : ०१ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको