सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड र एपीएफको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड र एपीएफको बराबरी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । यस बराबरीसँगै  चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । एपीएफले ७ खेलमा ११ अंक जोडेको छ । त्यस्तै सोमबार नै भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको छ ।

 सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । विदेशी खेलाडी मोसेसले एक गोल थपे । फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए । 

जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको  छ । फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ४ : ४७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष