'सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा अदालतले हस्तक्षेप गर्न पाउँदैन' | Khabarhub Khabarhub

‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा अदालतले हस्तक्षेप गर्न पाउँदैन’


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन् ।

सोमबार माओवादी घटकहरूले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायाधीश वा अदालतको हस्तक्षेप हुन नहुने बताएका हुन् । सङ्क्रमणकालीन न्यायलाई अघि बढाउदा वृहत विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

उनले राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने भन्दै पुरानो कानूनद्वारा समाधान खोज्न नहुने बताए । महराले माओवादी घटकहरुबीच सके एकता नभए कार्यगत एकताका साथ बलियो शक्ति भएर अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै अन्य माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा रहेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : ०७ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ