लघु बीमा निर्देशन २०७९ जारी | Khabarhub Khabarhub

लघु बीमा निर्देशन २०७९ जारी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्जीवनतर्फ ५० लाख रुपैयाँ र जीवनतर्फ पाँच लाख रुपैयाँसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ ।

बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनअनुसार लघु जीवन बीमाअन्तर्गत आवधिक लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा रहेका छन् ।

त्यस्तै, निर्जीवन बीमातर्फ घर, सम्पत्ति तथा व्यवसाय, सवारी, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति र अन्य लघु निर्जीवन बीमा गर्न पाइनेछ ।

प्राधिकरणले लघु बीमाका लागि बीमालेखको अवधि पनि तोकेको छ । जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको मात्रै बीमालेख जारी गर्न पाइनेछ । निर्जीवन लघु बीमाको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र बीमालेख जारी गर्न सकिनेछ ।

निर्देशनमार्फत लघु बीमाको सीमा पनि तोकिएको छ । घर, सम्पत्ति तथा व्यवसाय र सवारी साधनको ५० लाख रुपैयाँसम्मको लघु बीमा गर्न सकिनेछ । दायित्व तथा मौद्रिक क्षतिको र अन्य लघु बीमाका लागि अधिकतम पाँच लाख रुपैयाँसम्मको लघु बीमा गर्न पाइनेछ ।

त्यस्तै, जीवन बीमा कम्पनीले अधिकतम पाँच लाख रुपैयाँसम्मको बीमाङ्क भएको लघु बीमा मात्रै जारी गर्न पाउनेछन् ।

लघु बीमा कम्पनीहरूले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति शृङ्खलामा आबद्ध सङ्घसंस्थासँग सहकार्य गरी लघु बीमा जारी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा राखिएको छ ।

लघु बीमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापनमार्फत न्यून आय भएका व्यक्ति तथा सम्पत्तिको सुरक्षाका लागि प्राधिकरणले यो निर्देशन कार्यान्वयनमा ल्याएको हो । गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तकृत समूहका लागि लक्षित गरी प्राधिकरणले लघु बीमासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : ४३ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई