कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ : मुख्यमन्त्री अधिकारी « Khabarhub

कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ : मुख्यमन्त्री अधिकारी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उनले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताए ।

“कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग जोडिएको छ, डाइभर्सनले नदी बेसीका फाँट सुक्खा हुन्छन्”, उनले भने, “यसकारण हामी कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ ।” त्रिवेणीदेखि कोरलासम्म सडक आवागमन गर्न नसके गण्डकी प्रदेशको औचित्यमाथि प्रश्न खडा हुने उनले बताए । त्रिवेणी–कोरोला सडक प्रदेशकै महत्त्वपूर्ण सडक भएको बताउँदै दुम्किबास–त्रिवेणी खण्डमा सडक खोल्न बाँकी रहेकाले यो सडक नखोल्दा प्रदेशको औचित्यमाथि नै प्रश्न खडा हुने उनले बताए।

त्रिवेणी–दुम्किबास खण्डमा सडक निर्माणका लागि प्रदेश तयार रहेको र स्रोत सुनिश्चित गरी अघि बढ्ने उनले बताए । निकुञ्जका कारण केही समस्या देखिएकाले वातावरणीय प्रभाव अध्ययनले सुझाए अनुसारको काम गर्न आफूहरू तयार रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । भारत र चीनलाई जोड्ने त्रिवेणीकोरला सडक सबैभन्दा छोटो दूरीको सडक भएकाले यसको महत्त्व थप रहेको चर्चा गर्दै उनले त्रिवेणी–दुम्किबास सडकखण्ड खोल्न आवश्यक प्रक्रिया अघि बढेको बताए ।

उनले संविधानमै गण्डकी प्रदेशको सीमा बर्दघाट सुस्ता पूर्व भनिएकाले बर्दघाट र सुस्ता गण्डकी प्रदेशमा हुनुपर्ने बताए । बर्दघाट र सुस्ता हाल लुम्बिनी प्रदेशमा राखिएकाले यो गण्डकी प्रदेशको भूगोल भएको उनले बताए। संविधान मिचिएकाले यसका विरुद्ध आफूहरू कानूनी प्रक्रियामा जान तयार रहेको उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ४९ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान