सांसद श्रेष्ठको ‘अडियो प्रकरण’बारे छलफल गर्न रास्वपा बैठक बस्दै « Khabarhub

सांसद श्रेष्ठको ‘अडियो प्रकरण’बारे छलफल गर्न रास्वपा बैठक बस्दै


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ।

मंगलबार बिहान ११ बजेका लागि रास्वपा अनुशासन आयोगको बैठक बोलाएको हो। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो।

दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।

दुवै अडियो कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : ०९ बजे

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

काठमाडौं– सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

बागलुङ– आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३

सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक