भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार | Khabarhub Khabarhub

भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । 

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डको आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा यही चैत २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा दैनिक ५० लाखभन्दा बढीको कारोबार भइरहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, सवारीसाधन, खेलौनालगायतका दुई सय कक्ष छन् ।

महोत्सवको करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आगामी वैशाख ३ गतेसम्म चल्ने महोत्सवमा करिब १० करोडको कारोबार हुने आयोजकको विश्वास छ । 

महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न क्षेत्रका व्यक्तिलाई नगदसहित पुरस्कृत गरिने बताए । महोत्सवमा हरेक दिन विभिन्न साङ्गीतिक समूहको प्रस्तुतिसमेत रहने गरेको छ । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : ४७ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई