टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति | Khabarhub Khabarhub

टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ । 

मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो । विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्न उक्त दल सहमत भएका छन् । अर्को बैठक आगामी १ वैशाख शुक्रबार दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी समय तोकिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।  यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने,  महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ११ : ४३ बजे

पाकिस्तानमा ‘तीन आप्रवासी’को गोली हानी हत्या

पाकिस्तान– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी

६ प्रकारका एण्टिबायोटिक औषधीहरू बेच्न प्रतिबन्ध 

काठमाडौं– औषधी व्यवस्था विभागले विभिन्न ६ प्रकारका एण्टिबायोटिक औषधीहरू खुद्रा

ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

ओटावा– क्यानडाको लिवरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित

धवलागिरिका एक सय पाँच योजना कार्यान्वयनमा

 म्याग्दी– धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा १०५ पूर्वाधारसम्बन्धी

टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न

काठमाडौं– टीभी हाउस एलजी शोरूमले वार्षिक उत्सव सम्पन्न गरेको छ ।