सुनको मूल्य तोलामा ५०० ले बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य तोलामा ५०० ले बढ्यो


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिदबिक्री भएको थियो

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १२ : २६ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको