नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन् ।

“मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ”, उनले भने, “संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।”

उनले नागरिकतासँग सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ ।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताए । यो पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

“यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ”, श्रेष्ठले भने, “यसका लागि हामी फेरि पनि संसदमा प्रवेश गरेका छौँं, यो कामलाई पूर्णता दिन्छौँ ”

उनले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरुसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

“अर्थतन्त्र सुधारमा प्रधामन्त्री आफै अग्रसर हुनुहुन्छ, मन्त्रिपरिषद्ले मूलभूत रुपमा पूर्णता पाएको अवस्थामा अब हामी समृद्धिको लक्ष्य पूरा गर्न समर्पित रुपमा लाग्नेछौँ”, उनले भने ।

उनले आफूले गृहमन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस भनि आफू सतर्क रहेको बताए ।

“जनतालाई सहज ढङ्गले सेवा दिने र शान्ति सुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौँ”, उनले भने “यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गछौँ ।”

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  २ : २७ बजे

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२-८३ को बजेटमाथि

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ