चाडै प्रदेश सरकारमा सहभागी हुन्छौँ : माधव नेपाल | Khabarhub Khabarhub

चाडै प्रदेश सरकारमा सहभागी हुन्छौँ : माधव नेपाल


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताएका छन् ।

आज पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले सङ्घीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको र प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए ।

उनले भने, “हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल भएका छौँ । केन्द्रमा पनि हामी समेल छौँ । अब विस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुने छौँ ।”

यसैगरी अध्यक्ष नेपालले शिक्षक सङ्गठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा अगाडि बढ्नसमेत आग्रह गरे । राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने उनको भनाइ थियो ।

शिक्षकको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले कुनै पनि बालबालिकालाई विद्यालय बाहिर राख्न नहुने र सबैले कम्तीमा पनि १२ कक्षासम्म पढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : ४८ बजे

टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न

काठमाडौं– टीभी हाउस एलजी शोरूमले वार्षिक उत्सव सम्पन्न गरेको छ ।

महिलालाई रोजगारी दिँदै भूमिकास्थान

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशील जनशक्ति परिचालन

बाह्य अनुदानमा भर नपर्न गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको

‘पिताम्बर’ टिमले प्रदीपलाई जन्मदिनको शुभकामना दिँदा दोहोरियो सुपरस्टारको ट्याग

काठमाडौं – नायक प्रदीप खड्का अहिलका चल्तीका नायक हुन् ।

सप्तरीमा तीन घर जले, लाखौंको क्षति

 सप्तरी– सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौँको क्षति