सरकारले सुशासन र विकासमा ध्यान दिन जरुरी छ : राजेन्द्र लिङदेन « Khabarhub

सरकारले सुशासन र विकासमा ध्यान दिन जरुरी छ : राजेन्द्र लिङदेन


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, “हामीले देशकोे व्यवस्था त परिवर्तन ग¥यौँ तर जनताको अवस्था फेर्न सकेका छैनौँ ।”

नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिए । “म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ”, अध्यक्ष लिङदेनले भने, “भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।”

गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको अध्यक्षता राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले गरेका थिए । साथै अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा तत्काल सरकारमा नजाने उनले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : ४४ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र