सरकारले सुशासन र विकासमा ध्यान दिन जरुरी छ : राजेन्द्र लिङदेन | Khabarhub Khabarhub

सरकारले सुशासन र विकासमा ध्यान दिन जरुरी छ : राजेन्द्र लिङदेन


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, “हामीले देशकोे व्यवस्था त परिवर्तन ग¥यौँ तर जनताको अवस्था फेर्न सकेका छैनौँ ।”

नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिए । “म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ”, अध्यक्ष लिङदेनले भने, “भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।”

गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको अध्यक्षता राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले गरेका थिए । साथै अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा तत्काल सरकारमा नजाने उनले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : ४४ बजे

मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-२

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि