प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। पहिलो अधिवेशनको २२औं बैठक बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुखले ‘प्रतिनिधिसभाको यो बैठक नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०१५ सालको आमनिर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नं. २६ बाट निर्वाचित सदस्य, प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका श्री तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा मिति २०७९ साल चैत २४ गते शुक्रबार असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’ भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : २६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी