‘मेयर बालेन गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन’ « Khabarhub

‘मेयर बालेन गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन’


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । तर, उनले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिए भन्दै संघीय सरकार पनि गैरजिम्मेवार बन्न नहुने उनको भनाइ छ । 

काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले तर, ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय गरेको आरोप लगाए । यसर्थ संघीय सरकार गैरजिम्मेवार नबनोस् उनको माग छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ३ : ४२ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान