बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा : मुख्यमन्त्री कार्की « Khabarhub

बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा : मुख्यमन्त्री कार्की


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताए ।

मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारगृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो प्याकेजिङका लागि आवश्यक पर्ने औजारलगायतका सामग्री  सरकारले उपलब्ध गराउने बताए ।

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले दीर्घकालीन कृषि नीति ल्याउन विज्ञसँग छलफल गरी आवश्यक सुझाव संकलन गरेको बताउँदै कृषिउपज आयात नियमन गरी विषादीलगायत आवश्यक जाँचको लागि क्वारेण्टाइन कार्यालय थप गर्नुपर्नेमा जोड दिए ।

महासङ्घका मोरङ अध्यक्ष चेतन निरौला, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यमी समितिकी प्रदेश अध्यक्ष शिवा उपाध्यायलगायतले साना उद्योगलाई प्रवर्द्धन गर्न सरकारले आवश्यक नीति, कानुन बनाइ सहयोग गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा रोजगारी, सीप प्रदान गर्ने नरेश खत्री, सायदा तवसुम, तुलसी ढकाल र यमुना पोखरेललाई सम्मान गरिएको छ । मोरङ जिल्लामा चार हजार एक सय साना उद्योगमा रु चार अर्ब लगानी भएको छ भने २५ हजारले रोजगारी प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : २८ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान