सेयर बजारमा बिहीबार २९ अंकको गिरावट  « Khabarhub

सेयर बजारमा बिहीबार २९ अंकको गिरावट 


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ सालको अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक २९ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा पुगेको छ।

यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अंकले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

यसैगरी, नेप्से सुचकमा २८ कम्पनीमा वृद्धि भएको छ । १८६ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ ।  कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ । 

यसैगरी हिमालय डिस्टिलरी ६ करोड र एनआसि एशिया कम्पनीले ५ करोडरुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।  बिहीबार सबै उपसूचक कम्पनीहरू राताम्मै भएको छ । घटेको कम्पनीहरू मध्ये सबैभन्दा धेरै विकास बैंक र निर्माण तथा प्रसोधनको २ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबारको आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : ४५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका