सेयर बजारमा बिहीबार २९ अंकको गिरावट  | Khabarhub Khabarhub

सेयर बजारमा बिहीबार २९ अंकको गिरावट 


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ सालको अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक २९ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा पुगेको छ।

यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अंकले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

यसैगरी, नेप्से सुचकमा २८ कम्पनीमा वृद्धि भएको छ । १८६ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ ।  कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ । 

यसैगरी हिमालय डिस्टिलरी ६ करोड र एनआसि एशिया कम्पनीले ५ करोडरुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।  बिहीबार सबै उपसूचक कम्पनीहरू राताम्मै भएको छ । घटेको कम्पनीहरू मध्ये सबैभन्दा धेरै विकास बैंक र निर्माण तथा प्रसोधनको २ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबारको आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : ४५ बजे

प्रि-एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ (तस्बिरहरू)

काठमाडौं– माथिल्लो मूलपानी रंगशालामा बिहीबार भएको काठमाडौं गोर्खाज र कर्णाली

गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकालाई

‘चुनावअघि गर्नैपरे महाधिवेशन होइन, विशेष अधिवेशन गरौँ’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई सातादेखि सानेपामा

जेन-जी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा घाइते भएका युवाले आगामी निर्वाचनका लागि आफ्नो

जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति

एजेन्सी– टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी जारी गर्न प्रेरित गरे सँगै