अर्थ मन्त्रालयकै बेरुजु अत्यधिक « Khabarhub

अर्थ मन्त्रालयकै बेरुजु अत्यधिक


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।

यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.३०, सहरी विकासमा १.९५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ । 

खानेपानीमा १.५६, स्वास्थ्य तथा जनसंख्यामा ४.८८ र अन्यमा ४.८८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।  संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थागततर्फ लेखापरीक्षणबाट एक वर्षमा औँल्याइएको बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रहेको छ  । 

जसअनुसार यो वर्ष ६ हजार ५४६ निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाखको लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ । 

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागततर्फ लेखा परीक्षणमा औँल्याइएको कुल अद्यावधिक बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रहेको छ । जुन गत वर्ष भन्दा २१.४५ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : २२ बजे

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष

पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया