पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत | Khabarhub Khabarhub

पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये रु एक खर्ब ४६ अर्ब वैदेशिक र रु २१ अर्ब स्वदेशी लगानी हो ।

लगानी बोर्डको आजको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै रु ९२ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले बनाउन लागेको तल्लो अरुणमा परियोजना विकास सम्झौता ९पीडीए० गर्नका लागि दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ ।

बोर्डको आजको बैठकले एक सय दुई मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो मस्र्याङ्दी–१ परियोजनाका लागि रु ३३ अर्ब १९ करोड र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि रु २० अर्ब ३५ करोड बराबर लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी, ७० दशमलव तीन मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत् परियोजनाका लागि रु १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत् आयोजनाका लागि रु सात अर्ब ९३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

आजको बैठकले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदालाई पनि स्वीकृत गरेको छ । त्यस्तै, ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णयसमेत भएको छ ।

डाबर नेपालको पूँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि आजको बैठकले स्वीकृत गरेको छ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ । त्यस्तै, बोर्डमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ८ : ५४ बजे

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर

महोत्तरीमा एक युवतीको शव भेटियो

महोत्तरी – महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको

चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएको भनाई

गाजा– उत्तरी गाजा पट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट

पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक

काठमाडौं– पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार