यूएईको रस अल-खैमाहमा कार्यरत नेपालीहरूसँग अन्तरक्रिया « Khabarhub

यूएईको रस अल-खैमाहमा कार्यरत नेपालीहरूसँग अन्तरक्रिया


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा – यूएईको रस अल-खैमाहमा कार्यरत नेपालीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । अबुधाबीस्थित नेपाली दूतावासले अबुधाबी सहरबाट करिब २५० किलोमिटरको दूरीमा रहेको युएईको रस अल-खैमाह इमिरेट्समा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा त्यहाँ कार्यरत नेपालीहरूले दैनन्दिन रूपमा भोग्नुपरेका समस्या, गुनासा, दूतावासको सेवा प्रवाहका सन्दर्भमा भएका जिज्ञासा एवम् सुधारका उपायहरू प्रत्यक्ष रूपमा सुन्ने, तत्काल समाधान गर्न सकिने विषयहरूलाई सम्बोधन गर्ने लगायतका कार्य गरिएको थियो।

यूएईका लागि कार्यवाहक राजदूत बिशाल भट्टराईले दूतावासभन्दा टाढा-टाढा रहेका नेपाली श्रमिकहरूले दैनिक रूपमा भोग्नुपरेका समस्याहरू समाधान गर्न यस किसिमको अन्तरक्रिया कार्यक्रम महत्त्वपूर्ण एवम् प्रभावकारी हुने बताए ।

राहदानी नवीकरण लगायत दूतावासले प्रदान गर्ने सेवाहरूलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावहरू पनि कार्यान्वयन गर्दै जाने कार्यवाहक राजदूत भट्टराईले बताए ।

अबुधाबीबाट टाढा छरिएर रहेका नेपालीहरूको सामीप्यमा गएरै दूतावासका सेवाहरू प्रदान गर्न आगामी दिनहरूमा घुम्ती सेवा सञ्चालन गर्दै जाने पनि उनको भनाइ थियो ।

कार्यक्रममा दूतावासका श्रम काउन्सेलर दीनबन्धु सुवेदीले दूतावासले प्रदान गरिरहेका सेवाहरू, गुनासा व्यवस्थापनको प्रक्रिया, राहत उद्धार तथा कल्याणकारी सेवासम्बन्धी व्यवस्था, युएईमा गर्न हुने र नहुने कार्यसम्बन्धी विवरण, श्रमिक सरोकारका विषयमा भएका पछिल्ला पहलहरू जस्तै- अनलाइन पुनः श्रम स्वीकृति, वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्धता, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा सञ्चालन लगायतका जानकारीमूलक विषयहरू समेटी प्रस्तुतीकरण दिएका थिए।

दूतावासबाट कार्यवाहक राजदूत भट्टराई, श्रम काउन्सेलर दीनबन्धु सुवेदी लगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा युएईको राजधानी सहर अबुधाबीबाट सबैभन्दा टाढाको इमिरेट्स रस अल-खैमाहमा कार्यरत एक सयभन्दा बढी नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ४८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार