प्रथम महिला संगीतकार शान्ति ठटाल | Khabarhub Khabarhub

प्रथम महिला संगीतकार शान्ति ठटाल

तारादेवी र कोइलीदेवी हुँदाहुँदै पाएको अवसर



सिनेमा र संगीतको कुरा गर्दै गर्दा नेपाली सिनेमामा संगीत गर्ने प्रथम महिला संगीतकार शान्ति ठटालको चर्चा पहिला गरिन्छ। उनले दार्जिलिङबाट बनेको चलचित्र ‘परालको आगो’ मा संगीतकारको रूपमा काम गरेकी हुन्। यो नेपाली चलचित्रको निम्ति गौरवको विषय थियो।

भारतमा ३ या ४ जना भन्दा बढी महिला संगीतकार नभएको अवस्थामा र भारतीय फिल्ममै एक किसिमले अभाव भएको अवस्थामा पनि नेपाली फिल्मले वि.सं. २०३६–२०३७ सालमा नै पहिलो महिला संगीतकार पाएको हो।

‘परालको आगो’ प्रताव सुब्बाको निर्देशन र गुरुप्रसाद मैनालीको कथामा बनेको फिल्म थियो। यो फिल्मका निम्ति शान्ति ठटालको चयन हुनु एउटा सौभाग्यको तथा गर्वको विषय थियो।
उनले आफ्नो सांगीतिक जीवन ईश्वर वल्लभद्वारा लिखित गीति नाटक ‘निलो सूर्यास्थ’ बाट सुरु गरेकी थिइन। उनी गायिकाको रूपमा सांगीतिक जगतमा प्रवेश गरेकी हुन्। उहाँले अम्बर गुरुङको शब्द र संगीतमा ‘सम्हालेर राख’ गीतबाट आफूलाई गायिकाको रूपमा पहिलो पटक माइक्रो फोनको अगाडि उभ्याएकी थिइन्।

विस्तारै उनले गायनका साथसाथै सांगीतिक जीवनको पनि एउटा बलशाली प्रभाव देखाएको पाइन्छ। सम्पूर्ण गीत रेकर्डिङ गर्न कलकत्ता चुनिएको थियो। ‘परालको आगो’ मा उनले मूल गायिकाको रूपमा अरुणा लामालाई रोजेकी थिइन्। अरुणा लामाले मनबहादुर मुखियाको शब्दमा रहेको गीत गाएकी थिइन्। त्यसमा पनि पेमा लामा, शंकर गुरुङ, दाबा ग्याल्बो लगायतका कलाकारलाई पनि शान्ति ठटालले ‘ब्रेक’ दिएकी थिइन्।

गायिका अरुणा लामाको यो पहिलो फिल्म भने होइन। उनले यसभन्दा अगाडि सन् १९६५ मा बनेको ‘माइतीघरमा’ जयदेवको संगीतमा बम्बैईमा गएर गीत रेकर्डिङ गरेकी थिइन।

गायिका अरुणा लामा गायिकाको रूपमा उनले अम्बर गुरुङको संगीतमा भूपि शेरचनको शब्दमा १९६१ म नै रेकर्ड गराई सकेकी थिइन्। १९६१ मा गायिका अरुणा लामाले माइतीघरमा गीत गाएपछि परालको आगोमा नै शान्ति ठटालको संगीतमा गाएकी हुन्। शान्ति ठटालको त्यो गीत अरुणा लामाको लागि एक फिल्मी गीतका रूपमा मानिन्छ।

शान्ति ठटालको लोकप्रियता चर्चा दोस्रो फिल्ममा देखिएको हो। त्यो फिल्मको नाम बाच्न चाहनेहरू हो। त्यो फिल्म प्रताव सुब्बाको निर्देशनको दोस्रो चलचित्र थियो। नरदेव लुम्बालाई गीतकारको रूपमा प्रताव सुब्बाले ब्रेक दिएका हुन्। प्रताव सुब्बाले परालको आगोमा शान्ति ठटाल र गीतकार मनबहादुर मुखियालाई ब्रेक दिए भने बाँच्न चाहनेहरूमा अत्यन्त प्रतिभाशाली गीतकार कवि नरदेव लुम्बालाई गीतकारको रूपमा ल्याइएको थियो।

परालको आगोको सफल यात्रापछि शान्ति ठटालले किन बाच्न चाहनेहरूमा अरुणा लामालाई गाउन नदिएको भन्ने प्रश्न रह्यो। यस प्रश्नको उत्तर निर्देशक प्रताव सुब्बाले बाहेक अरू कसैले दिन सक्दैन भन्ने शान्ति ठटालको भना छ। त्यसमा पनि बाच्न चाहनेहरूको सबै गीतहरू लोकप्रिय भए। गायिका विमला सिन्चुरीलाई फिल्मको गीतका कारण सदाबहार गायिकाको रूपमा सम्झना गरिन्छ।

उनी अझ पनि संगीतमा सक्रिय छन्। शान्ति ठटालको दोस्रो फिल्मको सफलतालाई प्रताव सुब्बाको निर्देशनले पनि करामत देखाएको छ। बाच्न चाहनेहरूमा किरण ठकुरी, पुण्यप्रसाद लोहा जस्ता कलाकारले गीतहरूमा अभिनय गर्दा दार्जिलिङको त्यो मनोरम दृश्यहरूमा यो फिल्ममा संगीत देखिँदा एउटा महिला संगीतकारले चलचित्रको निम्ति पुर्याउन सक्ने योगदान महत्त्वपूर्ण मानियो। शान्ति ठटालले चलचित्रका महिला संगीतकारको रूपमा प्रवेश गरे पनि लामो समयसम्म नेपाली चलचित्रमा महिला संगीतकार आउन सकेनन् तथा आउन सकेको छैन।

धेरैपछि एउटा महिला संगीतकारको उपस्थिति देखियो। तर शान्ति ठटालको जस्तो यादगार छाप अझ पनि छैन। शान्ति ठटालको समयमा संगीत गर्ने महिला तारा देवी, कोइलीदेवी हुँदाहुँदै उनीहरुले चलचित्रमा त्यस्तो मौका पाएनन्। तर शान्ति ठटालले पाएको मौका सदुपयोग र सफलतालाई विशेष रुपमा सम्झना गरिन्छ। परालको आगो र बाच्न चाहनेहरू शान्ति ठटालका मानक फिल्म हुन्। नेपाली चलचित्रमा महिला संगीतकारको चर्चा आजलाई यत्ति। (गीतकार शान्ति ठटालका बारेमा प्रकाश सायमीले राखेको भनाइको सम्पादित अंशः)

प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १० : २४ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–