कालाजारको जोखिम र बच्ने उपाय « Khabarhub

कालाजारको जोखिम र बच्ने उपाय


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक वर्ष नेपालमा गर्मी मौसम सुरु भएपछि विभिन्न प्रकारका संक्रमति रोग फैलने गर्छन्। यो समयमा लामखुट्टेको टोकाइबाटसमेत विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्।
गर्मीयाम सुरु भएसँगै कालाजारका बिरामी भेटिन थालेका छन्। लामखुट्टेको टोकाइका कारण कालाजार नामक रोग लाग्ने गर्छ। गर्मीयाममा घर, आँगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टेले सन्तान बढाइरहेको हुन्छ। औलो पछिको दोस्रो परजीवीका कारण मानिसको मृत्यु हुने कारणमा कालाजार पर्ने गरेको छ। सङ्क्रमण भएपछि कालाजारका परजीवीहरू फोक्सो लगायतका भित्री अंगमा सर्ने गर्दछन्। त्यसैले समयमै सचेत हुनु आवश्यक रहेको चिकित्सकको भनाइ छ।

कालाजारको सङ्क्रमण भएपछि समयमा उपचार नगरेमा यसले धेरै मानिसको ज्यान लिने चिकित्सकले बताएका छन्। खेतबारीमा काम गर्दा, वनजंगलमा घाँस-दाउरा गर्दा, खोला, ताल, पोखरी वरिपरि काम गर्दा, माछा मार्दा स्यान्ड फ्लाइ नामक भुसुनाले मानिसलाई टोक्ने सम्भावना धेरै हुन्छ। लामखुट्टेले टोक्ने बित्तिकै कालाजार लाग्ने होइन। तर सचेत भने हुनु आवश्यक छ। यसका लक्षण र बस्ने उपाय विभिन्न रहेका छन्। यसलाई अवलम्बन गर्न सकिन्छ।

कालाजारका लक्षण
– ज्वरो आउनु,
-तौल घट्नु,
– थकान महसुस हुनु/कमजोरी महसुस,
– रक्तअल्पता हुनु,
– कलेजो लगायतका भित्री अंगको आकारमा वृद्धि हुनु,
– कलेजो ठूलो भएर पेट फुल्ने हुनु,
– छालामुनी फोका उठेर छालाको तहमा घाउ बन्ने,
– घाँटी तथा काखीका ग्रन्थी सुन्निने,
– रगतको कमी हुने र रक्तअल्पताले बिरामीको अनुहार फुस्रो, पहेंलो देखिने हुन्छ।

कालाजारबाट बच्ने उपाय
– पहिलो बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट नै बच्ने हो,
– यो भुसुना वा लामखुट्टै धरै सक्रिय हुने भनेको बिहान बेलुकाको समय भएकोले सकेसम्म यो समयमा बाहिर ननिस्कने,
– शरीर पुरै ढाक्ने खालका कपडा लगाउने,
– झ्याल ढोकामा जालीको प्रयोग गर्ने जसले गर्दा भुसुना लामखुट्टे लगायतका परजीवीहरू भित्र छिर्न पाउँदैनन्।
– सुत्ने कोठा वा आफू दैनिक रूपमा विश्राम गर्ने स्थानमा किरा मार्ने विषादी छर्कने गर्दा पनि यो रोगबाट जोगिन सकिन्छ।
– झुलको प्रयोग गर्ने,
– स्यान्ड फ्लाई भुसुना (लामखुट्टे) भुइँतलामा बढी बस्ने र नौ फिट भन्दामाथि राम्रोसँग उड्न नसक्ने हुँदा सम्भव भएसम्म सबै मानिस माथिल्लो तलामा सुत्नुपर्छ।
– घर वरिपरि चारैतिर सफा सुग्घर राख्नुपर्छ।
– सम्भव भएसम्म किरा मार्ने औषधिमा (किटनाशक भएको पाइरिथ्रोइड) डुबाइएको वा औषधि छर्किएको झुलको प्रयोग गर्ने गर्दा पनि कालाजारबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : १९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक