वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ६६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टाउनप्लानिङमा रहेको ग्रिनलिफ इन्टरनेशनल कन्सल्टेन्सीका र ठमेलमा रहेको नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक गोंगबु बस्ने २८ वर्षका सुधन कुमार शाही र टोखा, ग्रिनल्याण्ड बस्ने म्यानेजिङ डाइरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई सिनामंगलबाट पक्राउ गरिएको हो ।

उनीहरुले २२ जनालाई इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगललगायतका देश पठाइदिन्छु, ५ लाख रुपैयाँ मात्रै लाग्छ भनी समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : २० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष