दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु « Khabarhub

दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल बिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए । एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ५२ बजे

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ – थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ – दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा