दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु « Khabarhub

दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल बिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए । एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै