स्कटल्याण्डविरुद्ध बलिङ थालेको नेपाललाई पहिलो ओभरमै विकेट « Khabarhub

खेल

स्कटल्याण्डविरुद्ध बलिङ थालेको नेपाललाई पहिलो ओभरमै विकेट


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक तेस्रो सिरिजको दोस्रो खेलमा टस जितेर स्कटल्यान्डविरुद्ध बलिङ थालेको नेपालले पहिलो ओभरमै विकेट लिएको छ ।

अमेरिकाको डाल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा सुरु भएको खेलको पहिलो ओभरको पाँचौँ बलमै नेपालका तीव्र गतिका बलर करण केसीले स्कटल्याण्डका ओपनर ब्याट्सम्यान चार्ली टिअरलाई बोल्ड गर्दै पेभेलियन फर्काइदिएका हुन्‌ ।

यो समाचार तयार गर्दासम्म ५.२ ओभरको खेल सकिँदा स्कटल्याण्डले एक विकेट गुमाएर १३ रन जोडेको छ ।

तेस्रो सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । हालसम्म खेलेका लिग २ का ९ खेलमा ७ हार र १ जित तथा १ खेल रद्द भोगेको नेपालले ३ अङ्क जोडेको छ । स्कटल्याण्डले भने ८ खेलमा ११ अङ्क जोडेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : ४० बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल