वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ « Khabarhub

वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।  मृतक जोशीका दाइ पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पकाउ गरिएको हो ।

जोशीको  शनिबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : २९ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम